रमेश थापा
पाँचथर– पाँचथरको कुम्मायक गाउँपालिकालाई नेकपा एमाले गाउँ संगठन कमिटिले सुझाव सहितको ज्ञापन पत्र बुझाएको छ । मंगलबार गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीलाई नेकपा एमाले गाउँ संगठन कमिटिको अगुवाइमा सुझाव सहितको ज्ञापन पत्रका संयोजक भीम प्रसाद सम्वाहाम्फेले ९ वुदे ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्रमा लम्पी स्किन प्रभावित किसानको बिवरण संकलन गरी तत्काल राहत बितरण गर्नुपर्ने जनाएको छ । गाउँपालिकाबासीले पशुचौपायबाट ठुलो क्षति व्याहोर्नु परेको भन्दै गाउँपालिकाले राहत उपलब्ध गराउनु पर्ने एमालेको माग छ ।त्यस्तै गिटि,बालुवा उत्खनन्का लागि निवुखोला, साँवा खोला र जयरामघाटमा क्रसर उद्योग संचालनको सम्झौताबारे जानकारी दिनुपर्ने, पालिकाबाट बितरण हुने कृषि उपकरण र अनुदान उत्पादनमुखी क्षेत्रमा समानुपातिक ढंगबाट बितरण गर्नुपर्ने, सवारी मर्मत, खरिद र इन्धनको बिवरण सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।
त्यसैगरी कर्मचारी व्यवस्थापनमा समान व्यावहार गर्नुपर्ने, एक वडा एक कृषि प्राविधिक, लक्षित वर्गको कार्यक्रमहरु प्रभावकारी र उपलब्धिमुलक ढंगले संचालन गर्नुपर्ने, चालु आ.व.को सम्पूर्ण विकास निर्माणका काम समयमै सम्पन्न गर्नुपर्ने र सामुदायिक विद्यालय विद्यालय अनुमनसंगै शैक्षिक गुणस्तर सुधार गर्न नौंलो कार्यक्रम ल्याउनु पर्ने माग सहितको सुझाव दिएको सम्बाहाम्फेले बताए ।
जबाफमा गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले सकरात्मक सुझावलाई आत्मसाथ गर्दै जनमुखि काम र समस्याहरुलाई समधान गर्ने प्रतिवद्धता जनाए । उनले निरन्तर रुपमा महत्वपूर्ण सुझाव र परामर्शको अपेक्षा लिएको भन्दै गाउँपालिकाको बिषयमा उठान भएका विषयको कार्यान्वय गर्ने बताए ।
.png)