फिदिम, २८ मंसिर
पाँचथरको फिदिम नगरपालिका १३ लुङरुपा, फेजुङ गैंरी गाउँ वस्ने एक वृद्धाको ज्यान गएको छ । ९२ वर्षीया सुखरानी नेम्वाङको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आफ्नै घरभित्र अगेनोको छेउमा सुतिरहेको अवस्थामा उनले ओडेको कपडाबाट आगो सल्किँदा जलेर मृत्यु भएको हो । नेम्वाङको बुधबार बिहान ८ बजेतिर निधन भएको थियो । वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
.png)