Comments Add Comment

बर्दिवासका चिया पसलहरू, जसले एउटा इतिहास बनाएँ

बिशाल बस्नेत

महोत्तरी, २० माघ । चियाको उत्पत्तिका बिषयमा अनेकौ किंवदन्तीहरु छन । भनिन्छ ५ हजार वर्षअगाडि चीनका एक सम्राट शेन नुंग जोले  एक दिन जंगलमा उनका सहयोगीहरुले पिउने पानी उमालिरहँदा नजिकैको रुखबाट केही पातहरू पानीमा हाले  त्यसरी उमालिएको पानि पिउँदा निक्कै स्वाद आयो । कालान्तरमा गएर त्यही नै चिया बन्न पुग्यो ।

त्यससगैँ विकसित भएको चियाको अम्मल बिश्वभरी नै फैलियो । बिस्तारै यसका रुपरंगहरु मात्र फेरिएनन, मानिसहरुले व्यापारको रुपमा पैसा आर्जन गर्ने गन्तव्य समेत बनाए  । पेय पदार्थको रुपमा बिश्वभरी लोकप्रिय बन्दै गएपछी कप अफ टी, टी विथ मुसोलिनी, टि एन्ड बिस्केट, द टेस्ट अफ टी, द टाइगर हु केम टु टी लगायतका सयौ चलचित्र समेत निर्माण भईसकेका छन । सबैभन्दा पहिला सन् ७६०/६२ को हाराहारीमा एक चाइनिज लेखक लु युले पूरै पुस्तक चियाबारे लेखेका थिए । ChÚa  Zing अर्थात् The Classic of Tea पुस्तकको मूल ग्रन्थ हराएर पछि मिङ वंशको पालामा पुनर्लेखन भएको थियो। यो पुस्तकमा चियाको उत्पत्ति, रोप्ने टिप्नेदेखि पिउँदासम्म प्रयोग गर्ने १५ भाँडाकुँडाहरू, बनाउने, पिउने तरिका, पाइने स्थान, इतिहास सबैको सविस्तार व्याख्या गरिएको छ ।

नेपालमा पनि राजा, माहाराजा अर्थात सम्भ्रान्त बर्गले उठने बित्तिकै विहान सोखको लागी पिउने चिया अहिले देशैभरीका गल्ली, दोबाटो, राजमार्ग र होटलहरुमा करौडौ  संख्यामा बिस्तार भएका छन ।

चिया पारखीहरुले स्वादिष्ट चिया पाउने ठाउँको रुपमा देशैभरीका कतिपय शहरहरुलाई श्रेणिगत रुपमा बिभाजन गरेका छन ।  यस्तै चिया चर्चाकोरुपमा आधा शतकदेखी विकास हुँदै आएको बर्दिवास शहरको चर्चा अहिले पनि उत्तिकै छ ।

५० बर्षदेखी चियाको वरिपरि घुमिरहने स्थानिय व्यापारीका कारण मात्र हैन्, नयाँ पुस्ताको चिया कै आधुनिकीकरणका कारण बर्दिवासको उचाईलाई चियाले नै मलजल गरिरहेको छ । केही तन्नेरी पुस्ताका चिया पसल र चियालाई बर्दिवास र बर्दिवासलाई चियाको रुपमा चिनाएका पुराना चिया पशलहरुमा आउनुस एकैछिन घुमौ ।

कित्ली चिया घर

चियाको लोकप्रियतालाई ध्यानमा राखी तन्नेरी पुस्ताले अवलम्बन गरेको चिया घर हो कित्ली चिया ।

बर्दिवास बजारको मुख्य राजमार्गवाट झण्डै सय मिटर भित्र पसेपछी कित्ली चिया घर पुगिन्छ । भुई घरलाई डेकोरेसन गरेर बनाइएको चिया घरमा पुगेपछी बोर्डमा लेखिएको छ - `मन खोल्छ चियाले..........´

चियाको स्वादमा झुमिने पारखीहरुलाई यो लेखेको भनाई देखेपछि अलि कौतहुल लाग्छ । अचम्म लाग्दो त कहाँ नीर छ भने पारखीहरुले कालो वा सेतो, चिनी भएको वा नभएको भनेर अर्डर गर्न पर्दैन लामो मेनुले कुन चाँही चिया पिउने भन्नेमा बरु अल्लमल्ल बनाउँछ ।

कर्मचारीहरु आएर प्रत्येक मेनुको बर्णान गरेपछी बल्ल कुनचाहिँ चिया पिउने भन्नेमा उनिहरुले निर्णय गर्छन ।

मेनुमा २३ प्रकारका चियाको लामो सुची  वनाइएको छ । २० रुपैयादेखी सुरु हुने यो कित्ली घरमा २५० सम्मको चिया पाईन्छ । २५० मा पाइने चियालाई पान घोत्ला चिया भनिन्छ । हो यही चियाले बर्दिवासलाई नयाँ चिनारी दिएको छ ।

पान घोत्ला चियापछी अर्को परिचित चियाको नाम हो कान्छी चिया । कान्छी चियाको आफ्नै कथा छ । सुत्केरी महिला, स्वास्थ्यका दृष्टिकोणले कमजोर जोकोहीले पोष्टिक तत्वकोरुपमा यस्लाई खुवाउन सकिने  कित्ली घरकी संचालक जुनु सुनार वताउछिन । यस्मा विभिन्न मसलाहरु मिश्रण गरिएको हुन्छ ।

`बर्दिवास चियामा त्यतिकै परिचित छ, यसलाई थोरै हामीले नयाँपन दिने कोशिश गरेका छौ,´ सुनारले भनिन, `व्यावसायिकरुपमा समयअनुसार परिमार्जन गर्न आवस्यक छ, हामीले नया ट्रेनको आवाश्यक्तालाई बुझ्यौ, त्यतिमात्र हो ।´

शर्मा चिया पसल

चियाको लामो ईतिहास बोकेको बर्दिवासको अर्को चिया पसल हो- शर्मा चिया पसल ।  चिया पसल खोल्दा यसका संचालक जयनारायण शर्मा तन्नेरी थिए।

जतिवेला बर्दिवासमा बजार नै थिएन, जनसंख्या निक्कै कम थियो । मानिसहरु ओहोरदोहोर गर्ने तत्कालीन बर्दिवास चौवाटो नभएतापनी शर्माले बनाउने चियामा झुमिने र मजा लिने त्यतिवेला पनि हुन्थ्यो ।

जयनारायण शर्माले चिया पसल खोले तर कित्ली चियाको जस्तो अनेकौ प्रकारहरु पनि थिएन तर शर्मा चियाको स्वाद सर्वत्र फैलियो । यतिमात्र हैन यहाँ गिरिजाप्रसाद कोइराला देखि देशका शिर्ष नेताहरुले समेत आँउजाँउ हुदा शर्मा चिया पशललाई केन्द्र बनाउन थाले ।

अहिलेसम्म पनि जयनारायण शर्मा सोही चिया पशललाई निरन्तरता दिदै आएका छन । चियाको कुशल व्यवस्थापनका कारण अभ्यस्त वनेका शर्मा अहिले सामाजिक कार्यमा उत्तिकै सक्रिय छन ।

थापा चिया पसल

अहिले चिया वनाउँदा  थापाको हात थरथर काम्छ । बुढ्यौलीले त्यति उनी हिडडुल  गर्दैनन तर चियाको मीठो चुस्की लिदै चिया चौतारी बनाएका ब्यक्तिहरुको अटुटपना दिनभरी नै रहन्छ ।

बर्दिवासका अन्यत्र ठाउँहरुमा चिया पिउनेहरु भन्छन- `जाउ एक कप थापा चियामा गएर पिउ अनि छुटिउला।´

कित्ली घरको जस्तो थापा पनि परिकारले भरिपुर्ण  चिया बनाउन चै जान्दैनन तर चियाको उत्कृष्ट स्वादले थापाको चिया पशलले बर्दिवासलाई ४ दशक देखि जिवन्त बनाउदै आएको छ।

चिया पिउन आएकाहरु भन्छन - `थापाको चिया पशलमा चिया पिएर नै हामी हुर्केका हौ ।´

थापाका जेठा छोराले बर्दिवासमा नै चिया पसल सञ्चालन गरेका छन । वावुको पुरानो बिरासतलाई थामेका हिमाल चिया पशलमा पनि बिहान, बेलुका चुस्की लिनेहरुको भिड नै हुने गर्दछ । अझ उन्को चिया पशल बर्दिवास नगरपालिकाभरीका प्रधानध्यापकहरुको योजना बनाउने शैक्षिक चौतारी वनेको छ । त्यसैले उनकाे  चिया पशललाई शिक्षक चोक भनिन थालेको छ ।

बस्नेत चिया पसल

बस्नेत चिया पसल पनि बर्दिवासमा लामो इतिहास बोकेको चिया पसल हो ।

हुन त  चिया कै बिषयमा विश्वमा हजारौँ पुस्तकहरू लेखिएका छन् ।नेपालका साहित्यकारहरुले विभिन्न कृतिहरु चिया कै परिवेशमा रचना गरेका छन ।

विद्यालयका पाठ्यपुस्तकहरूमा पनि यसबारे विभिन्न प्रकारका कथाहरू समेत समावेश गरिएको छ ।

तर चियामा नै जीवन विताएका र चियाको संस्कार स्थापित गरेका बस्न्नेत जस्ता धेरै जना गल्ली र गल्छौडाहरुमा हराईरहेका छन  ।

बस्नेत चिया पशल पनि बर्दिवासमा लामो बिरासत बोकेको चिया पशल हो यस्का संचालक तेजवहादुर बस्नेतको निधन भए तापनी उनकाे परिवारले यस्लाई अझै निरन्तरता दिइरहेका छन ।

लाल चिया पसल

लाल चिया पशल  बर्दिवासमा चिया सम्राज्यको विकास गर्दै दशकौ लामो विरासत बोकेको चिया पशल हो ।

दिलिप भुजेलद्वारा संचालित लाल चिया पसलले चिया संस्कारको विकास गर्नेमात्र हैन्, चियाको अम्मल बनाएर मदिरावाट मुक्त बनाउन भुमिका खेलेको स्थानियहरु बताउँछन ।

`बर्दिवासमा पुगेकाहरु लाल चिया घरको चुस्की नलिई फर्कदैन्थे,´ अर्का चिया व्यापारी शंकर थापा स्मरण गर्छन, `अहिले चै बन्द भएको छ ।´

न्यौपाने चिया पसल

पुराना पुस्ताहरुले तन्नेरी हुदा संचालन गरेको चिया पशल मध्येको एक हो- न्यौपाने चिया पसल ।

यसका संचालक दुर्गा प्रसाद न्यौपानेले अझै सोही चिया पसललाई निरन्तरता दिईरहेका छन । न्यौपानेले भने उक्त चिया पशललाई परिमार्जन गरेर खाना, खाजा खुवाउने सेवा पनि बिस्तार गरेका छन ।

राजमार्गसगैँ जोडिएको न्यौपानेको पसलले अहिले चिया पारखीहरुलाई मात्र तान्दैन, अझ खाजा, खानाको फरक परिकारले त्यहाँ पुग्न जोकोहीलाई बाध्य बनाउछ ।

शाकाहारीहरुको लागी बेग्लै पहिचान बनाएको न्यौपाने चिया पशलमा खिर, रोटी लगायतका परिकारले धार्मिक तिर्थयात्रीहरुको लागी उपयुक्त गनतब्य बनेको छ ।

स्थानिय माटोमा हुर्किएर स्थानिय मौलिक खाना र परिकारलाई निरन्तरता दिएका न्यौपानेले चियालाई पनि झण्डै ५ दशकदेखि मौलिकता दिएकै कारणले बर्दिवास बटुवाहरुको लागी उपयुक्त गन्तव्य बनेको छ ।

तर उल्लेखित चिया व्यापारीहरुले गरेको कर्मले नै बर्दिवासमा चिया संस्कारको विकास भएको हो । तर मधेशमा चिया संस्कारको विकास गरि रोजीरोटीको माध्यम वनाउन सिकाउने उनिहरुको इतिहासलाई सरोकारवालाहरुले संरक्षण गर्न जरुरी देखिएको छ । त्यसैले त  चिया व्यापार भने हस्तान्तरित हुँदै बर्दिवासमा अझैपनि चिया पारखीहरुको लागी झुम्मिने गन्तव्य बनेको छ ।

 

    

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ