Comments Add Comment

कुम्मायक गाउँपालिकाका उत्कृष्ट कर्मचारी पुरस्कृत

पाँचथर—पाँचथरको कुम्मायक गाउँपालिकाले उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको छ । गाउँपालिकाको १२ औं गाउँसभाबाट उत्कृष्ट कार्यसम्पादन गर्ने १० जना कर्मचारीलाई पुरस्कृत गरिएको हो ।  पुरस्कृत हुने कर्मचारीलाई कार्यक्रमको प्रमुख अथिति १ नं. प्रदेश सभा सदस्य सीता थेवेले सम्मान पत्र र नगद सहित पुरस्कृत गरेकी हुन । 

सम्मानित हुने कर्मचारीहरुमा प्राविधिक शाखाका सव—इन्जिनियर ईन्द्रहाङ तुम्बापो, सामाजिक शुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख मदन थापा, कृषि शाखा प्रमुख ईमकुमारी तामाङ, वडा सचिवहरुमा  राजेश चापागाई, दलबहादुर बस्नेत, जीवन खड्का त्यस्तै स्वास्थ्य शाखामा कार्यरत अञ्जली फेवादिन, सुस्मा तामाङ साथै स्वास्थ्य सेवा इकाई खाल्डेका प्रमुख मेहन्द्र सुन्दर कार्की र वडा नं. १ का कार्यालय सहयोगी लोकेन्द्र बहादुर तामाङलाई सम्मान गरिएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ