Comments Add Comment

फोनिजको विरोधबीच पत्रकार महासंघको पुस्तक सार्वजनिक

काठमाडौं, २८ माघ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले निकालेको पुस्तक विरोधका बीच सार्वजनिक गरिएको छ । 

पुस्तकमा महासंघ संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्नेमा कृष्णप्रसाद भट्टराईको नाम उल्लेख गरिएको भन्दै आपत्ति जनाउँदै आदिवासी जनजाति पत्रकार संघ (फोनिज)ले विरोध गरेको छ । 

नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममै फोनिजले विरोध गरे पनि पुस्तक भने सार्वजनिक गरिएको छ । 

सार्वजनिक पुस्तक नै च्यातेर फोनिजले आपत्ति जनाउँदै विरोध गरेको छ । 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ