Comments Add Comment

फाल्गुनन्दका धेरै धान उत्पादन गर्ने २९ कृषक पुरस्कृत  

तश्बिरः गाउँपालिकाले सबै भन्दा बढि १६८ मुरी धान उत्पादन गर्ने मकरबहादुर तामाङलाई नगद सहित पुरस्कृत गर्दै गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बे, उपाध्यक्ष ठाकुरसिं नेम्वाङ र प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक

रमेश थापा
पाँचथर: पाँचथरको फाल्गुनन्द गाउँपालिकाले धेरै धान उत्पादन गर्ने २९ जना उत्कृष्ट कृषक सम्मान गरेको छ। गाउँपालिकाले बाजागाजा सहित बजार परिक्रमा गराएर नगद पुरस्कार सहित कृषक सम्मान गरेको हो। गाउँपालिकामा अयोजित कृषक सम्मान कार्यक्रम मार्फत जनही ३० देखि ५० हजार नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको थियो।
जसअनुसार ५० देखि १०० मुरी धान उत्पादन गर्ने २७ कृषकलाई जनही नगद ३० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरेको थियो। त्यसैगरी १०० मुरी भन्दा बढी धान उत्पादन गर्ने २ जना कृषकलाई नगद ५० हजार रुपैयाँ सहित सम्मान पत्र प्रदान गरेको छ। गाउँपालिकामा सबै भन्दा बढि फाल्गुनन्द–१ का कृषक मकर बहादुर तामाङले धान उत्पादन गरेका थियो। उनले १६८ मुरी धान उत्पादन गरेको भन्दै पछिल्लो सयम चर्चामा आएका थिए। कृषक प्रोत्साहनको नीति लिएको गाउँपालिकाले धान जस्तै अन्य बाली र नगदेबाली लगाउँने कृषकहरुलाई पनि प्रोत्साहन गर्दै लाने गाउँपालिका अध्यक्ष वृजहाङ आङ्देम्बे जनाए। उनका अनुसार आगामी वर्ष मकै, कोदो लगायत फलफुलबाली लगाउँने कृषकहरुको लागि प्रोत्साहन कार्यक्रम अघि बढाउने बताए।


गाउँपालिकाले उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८० पारित गरी धेरै धान उत्पादन गर्ने २९ कृषक छनोट गरेको थियो। कृषि पेशाबाट किसानको पलायन रोक्न गाउँपालिकाले लिएको यो नीति उदाहणीय रहेको भन्दै गाउँपालिकाबासीले प्रशंसा गरेका छन। 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ