मनोज थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकाको प्रवक्तामा देवेन्द्र कुमार लावती चयन भएका छन्। बिहिबार बसेको गाउँकार्यपालिकाको बैठकले लावतीलाई प्रवक्ताको जिम्मेवारी दिएको हो।
कुम्मायक गाउँपालिका वडा नं १ को वडाध्यक्षसमेत रहेका लावतीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले जानकारी दिए। गाउँकार्यपालिकाले गरेका निर्णय, कार्य सम्पादन तथा पालिकाबाट भएका गतिविधिका बारेमा जानकारी गराउनको लागि प्रवक्ता चयन गरिएको गाउँपालिका अध्यक्ष लावतीले बताए ।
प्रवक्ताको जिम्मेवारी पाएका लावतीले कुम्मायकवासी, संचार क्षेत्र एवम् सरोकारवाला सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । लावती २०७४ को स्थानीय तह निर्वाचनमा वडा नं १ यासोकबाट वडाध्यक्षमा निर्वाचित भएर पाँच वर्षको कार्यकाल पूरा गर्दै २०७९ को निर्वाचनमा पुन दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

.png)