Comments Add Comment

पाँचथरको ओयाममा अस्थाई प्रहरी पोष्ट स्थापना

रमेश थापा
पाँचथर-पाँचथरको याङवरक गाउँपालिका–३ ओयाममा अस्थाई प्रहरी पोष्ट स्थापना भएको छ। गाउँपालिकाको ओयाम बजारमा स्थानीयलाई सुरक्षा दिने उदेश्यले प्रहरी पोष्ट स्थापना गरिएको हो। अस्थाई प्रहरी पोष्टको गाउँपालिका अध्यक्ष भिमबहादुर योङया (सुवाष) ले उद्घाटन गरेका थिए। पोष्ट स्थापनाका लागि स्थानीय र जनप्रतिनिधिले लामो समयदेखि पहल गर्दै आएका थिए। 

प्रहरी चौकी स्थापना गर्न याङवरक–३ का वडासदस्य रणबहादुर गुरुङले निःशुल्क जग्गा दान गरेका छन। तत्काललाई प्रहरी पोष्ट भाडाको घरबाट सञ्चालनमा हुनेछ। प्रहरी चौकीको भवन निर्माण नभएसम्म वडा कार्यालयले पोष्ट भएको घर भाडा व्यहोर्ने गरी सम्झौता गरेको वडाध्यक्ष विमल राईले जानकारी दिए। उनका अनुसार तीन वर्षसम्म वडाले भाडा तिर्नेछ। सो समयसम्ममा भवन निर्माण गर्ने लक्ष्य लिएको राइले बताए। वडाले प्रहरी पोष्टमा आवस्यक पर्ने एक लाख रुपैंया र स्थानीयले २५ हजार बराबरको जिन्सी सामग्री उपलब्ध गराएको छ ।

प्रहरी सहायक निरिक्षकको कमाण्डमा रहने पोष्टमा एकजना हवल्दार र एकजना सहायक हवल्दार सहित ७ जना प्रहरी रहने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख (डिएसपी) हेमन्तबहादुर भण्डारी क्षेत्रीले जानकारी दिए। प्रहरी पोष्ट उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रान्ति, गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङवो, निवर्तमान पालिका अध्यक्ष लेखनाथ घिमिरे र रणसेर गण फिदिमका गणपति दिलिप राउत लगायत जनप्रतिनिधि र स्थानीयको उपस्थिति थियो ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ