रमेश थापा
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकाका २५ जनालाई एड्भान्स सिलाइ कटाई तालिम दिएको छ। घरेलु तथा साना उद्योग कार्यालय पाँचथरले कुम्मायक–१ र ३ नम्बर वडाका २५ जनालाई सिलाई कटाइ तालिम दिएको हो। कुम्मायक–१ यासोकका ११ जनालाई ४५ दिने तालिम सहित मेसिन, कपडाका सामाग्री बितरण गरिएको कार्यालयका कम्युटर अपरेटर गौरव बिष्टले जानकारी दिए। गत वर्ष पनि बेसिक कोर्स लिएको र अहिले पहिले सिप सिकेका उद्यमीलाई पुन: एड्भान्स तालिम संचालन गरिएको बिष्टको भनाइ छ।
तालिमका सहभागीले सट, प्यान्ट, स्टकोट र कुुर्था सुरुवाल सिलाई सम्बन्धी तालिम लिएको प्रशिक्षक केदार त्रिखत्रीले बताए। कार्यक्रमका प्रमुख अथिति समेत रहेका वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले गाउँपालिकाले पनि उद्यमी उत्पादन गरी रोजगारी सृजना गरेको बताउदै घरेलु उद्योगले पनि गाउँपालिकाबासीलाई उद्यमी उत्पादन गर्न सहयोग गरेको प्रति खुसी व्यक्त गरे। त्यस्तै कार्यालयले वडा नम्बर ३, सेपेनीका १४ जनालाई पनि सिलाई कटाइ तालिम दिएको छ। वडाका बेरोजगार महिलाहरुलाई उद्यमी बनाउने उदेश्यले तालिम संचालन गरिएको बताइएको छ।
.png)