Comments Add Comment

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नाराबाजीका बीच विश्वासको मत लिएपछि कांग्रेसले आजै अपराहन्न साढे १ बजे संसदीय दलको बैठक बोलाएको हो।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बताइएको छ ।  कांग्रेसले संसदीय दलको बैठकपछि पत्रकार सम्मेलन समेत गर्ने जनाएको छ । पत्रकार सम्मेलन प्रमुख सचेतक रमेश लेखकले गर्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ