रमेश थापा यासोक
यासोक -पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारका अग्नी पीडितलाई उद्योग बाणिज्य संघ शाखा यासोकले आर्थिक सहयोग गरेको छ । शनिवार साँझ भएको आगलागी कारण घर सहित पाँच वटा पसल जलेर नष्ट भएको थियो । स्थानीय झरेन्द्र खतिवडाको घर सहित पाँच वटा पसल जलेर नष्ट भएपछि उद्योग बाणिज्य संघ शाखा यासोकले १ लाख ४९ हजार १ सय रुपैयाँ संकलन गरी पीडित परिवारलाई हस्तान्त्रण गरेको हो ।

संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पीडित पाँच व्यवसायीलाई आर्थिक सहयोग गरेको हो । आगलागीबाट सबै भन्दा बढि क्षति झरेन्द्र खतिवडाको भएको थियो । उहाँको तीन तले घर सहित इलोट्रोनिक पसल जलेर नष्ट भएको थियो । खतिवडालाई संघका संस्थापक अध्यक्ष गोपाल प्रसाद पोख्रेलले ८९ हजार १ सय रुपैयाँ हस्तान्त्रण गर्नु भएको थियो । त्यस्तै अर्का व्यवसायी याम रम्तेल र टेक बहादुर नेपाली (बिचारी) लाई २० हजारको दरले रकम हस्तान्त्रण गरिएको थियो । त्यस्तै खगेन्द्र गर्तौला र सर्मिला लावतीलाई १२ हजार ५ सयका दरले कुल १ लाख ४९ हजार १ सय रुपैयाँ हस्तान्त्रण गरेको संघका महासचिव महेन्द्र खड्काले जानकारी दिनुभयो ।

शनिवार साँझ जुत्ता पसलको कोठाबाट विद्युत सट भई भएको आगलागीबाट पाँच व्यवसायीको करोडौं रुपैयाँको क्षति भएको थियो । आगलागीबाट सर्बस्व गुमाएका व्यवसायी झरेन्द्र खतिवडाले आनो परिवारको सर्बस्व गुमेको स्मरण गर्दै सबैको सहयोगले आत्मबल बढेको बताउनुभयो । उद्योग बाणिज्य संघ शाखा यासोकले राहत संकलन अभियानलाई निरन्तरता दिने संघका नि.वर्तमान अध्यक्ष नरेन्द्र बोहोराले बताउनुभयो ।

.png)