Comments Add Comment

टिफरको ठक्करले बालिकाको मृत्यु, अवस्था तनावग्रस्त

सप्तरी, ५ पुस

रूपनी गाउँपालिका राजविराज सडक खण्डको विधुत प्राधिकरण कार्यालयनजिक टिफरले ठक्कर दिँदा एक बालिकाको घटनास्थलमा नै मृत्यु भएको छ। मृत्यु हुनेमा रूपनी गाउँपालिका-१ का शिवशंकर यादवकी छोरी रीता यादव रहेकी छिन् ।

घरबाट साइकलमा मावि नकटी रायपुर विद्यालय साइकलमा आउने क्रममा टिफरले ठक्कर दिएको स्थानीयको भनाइ रहेको छ ।

बालिकाको मृत्यु भएपछि विद्यालयका विद्यार्थी आन्दोलित छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ । राजमार्ग अवरुद्ध भएपछि अवस्था तनावग्रस्त रहेको र आन्दोलन जारी रहेको स्थानीयको भनाइ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ