Comments Add Comment

सञ्चारकर्मीद्वारा बिद्यार्थीलाई न्यानो स्विटर बितरण

पदम सुखी सम्बाहाम्फे

पाँचथर- इगल एफएम ९९.४ मेगाहर्ज पाचथरका सञ्चारकर्मि मौसम सम्बाहाम्फे, सुनिता खजुम र सङ्गिता सुहाङ द्वारा कुम्मायक गाउपालिका-४ साबिक रानिगाउ-६ को सिंह बाहिनी आधारभुत बिधालयका विद्यार्थीलाई स्विटर र टाइ बितरण गरिएको छ । इगल एफएमको कार्यक्रम प्रस्तोता र प्राबिधिक शाखामा समेत काम गरिरहेका सम्बाहाम्फे र खजुमले निजि श्रोत र टिकटक एप्स मार्फत जम्मा हुन आएको ३८ हजार रकमले ४१ जना विद्यार्थीलाई सो सामाग्री बितरण गरिएको बताएका छन् ।

यसैगरी सामाजिक कार्यमा उत्तरदायी बन्दै फिदिम नगरपालिकाको गढी माध्यमिक बिधालयका १५ जना दृष्टि बिहिनलाई पनि मंगलबार १२ हजार रुपैयाँ मुल्य बराबरको ट्राउजर र हाइनेक बितरण गरेको उहाँहरुले बताउनु भएको छ । बिधालय ब्यबस्थापन समितिका अध्यक्ष राजु खतिवडा वडा सदस्य बिस्णुलाल चौलागाईं प्रधानाध्यापक केदार सम्बाहाम्फे साथै समाजसेवी छबिलाल खजुम शिक्षक गोबिन्द खतिवडाको उपस्थितिमा बिधालयमा अध्यनरत सबै बिद्यार्थीलाई सो सामग्री बितरण गरिएको थियो । सिंहबाहिनी आधारभुत बिधालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा अन्थाक यासोक मोटर बाटोको कारण बिधालयको अवस्था जिर्ण बनाउदै लगेकोले हारगुहार माग्दा समेत कुनै निकायको ध्यानाकर्षण नभएको गुनासो शिक्षक गोबिन्द खतिवडाले बताउनु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ