Comments Add Comment

कुम्मायकका दुई योजनामा ढिलासुस्ती:- समयमै योजना सम्पन्न गर्न मन्त्रीको निर्देशन

रमेश थापा
पाँचथर:- पाँचथरको कुम्मायक गाउँपालिकामा दुई योजना सुस्त गतिमा अघि बढेका छन् । योजना सुस्त गतिमा अघि बढेको भन्दै सम्झौता अवधिभित्रै योजनाको काम पूरा गर्न मन्त्रीले निर्देशन दिनुभएको छ । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले कुम्मायकको आवसिय भवन र यासोक सरखण्डे कालोपत्रे सडकको काम सम्झौता अवधिभित्रै पूरा गर्न निर्देशन दिनुभएको हो  । यासोक बजारको निर्माणधिन आवसिय भवन र यासोक सरखण्डे यासोकको कालोपत्रे सडक अनुगमनका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो । 


यासोक सरखण्डे सडकमा बजेटको कुनै अभाव भएको छैन । उहाँले भन्नुभयो् । स्वयम निर्माण व्यवसायी काम नगरी बेपत्ता हुदा योजना सुस्त भएको हो । कार्यालयले पटक-पटक पत्रचार गर्दा समेत कुनै जवाफ आएको थिएन । अब काम तिब्र गतिमा अघि बढाउनुप¥यो निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिदै उहाँँले भन्नुभयो । योजनाको काममा निर्माण व्यवसायीका पनि केही प्राविधिक समस्या छन । सकडमा खानेपानीको पाइप व्यवस्थापन र बजार क्षेत्रको अवरोध हटाउन खानेपानी समिति र गाउँपालिकाले चासो दिनुपर्नेमा आङ्बोले जोड दिनुभयो ।
त्यस्तै जिल्लाको मिक्लाजुङ र कुम्मायक गाउँपालिकामा निर्माण हुदै आएको आवसिय भवन मध्ये मिक्लाजुङको भवन पूरा भईसकेको छ । तर कुम्मायकको भवन अधुरै भएको भन्दै तत्काल योजनाको कामलाई पूरा गर्न सहरी विकास भवन कार्यालय इलाम र निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । निर्धारित मितिमा काम पूरा नभएपछि यहि चैत्रसम्म म्याद थप गरिएको छ । थपिएको समय पूरा हुन लाग्दा समेत भवनको शौचालय, क्यान्टीन र अन्य धेरै काम बाँकी रहेको भन्दै अब म्याद थपको  प्रकृया झन्झटिलो हुने बताउनुभयो ।
सोही क्रममा यासोक बजार कालोपत्रेको बिषयमा पनि गुणस्तरीय काम नभएको भन्दै स्थानीयको आरोपपछि मन्त्री आङ्बोले काम गर्ने क्रममा कही कतैबाट कमी कमजोरी भएको छ भने सुधार गरेर काम गर्न सम्बन्धित कार्यालय र निर्माण व्यवसायीलाई सजक समेत गराउनुभयो । अनुगमनमा सहरी विकास भवन कार्यालय इलामका प्रमुख रुद्रनारायण मिश्र, गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ, उपाध्यक्ष सिता आचार्य, यासोक सरखण्डे सडकका निर्माण व्यवसायी लगायत सरोकारवाला नागरिकको सहभागीता रहेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ