पाँचथर- उदयपुरको उदयपुरगढी गाउँपालिका-१ मा आगोलागिबाट ८ घर जली नष्ट भएको छ भने १ जना महिला आगोमा परी जलेर मृत्यु भएकि छन् । हिजो बेलुका ४ बजे गौर बहादुर मगरको ढुङ्गा माटोले बनेको फुसको छानो भएको २ तले घरमा बिधुत सर्ट भई आगोलागि हुँदा हिडडुल गर्न नसक्ने गौर बहादुर मगरको ६६ बर्षीया श्रीमती शिवमाया मगरको आगोमा परी जली मृत्यु भएको हो । उक्त आगो फैलिई नजिकै रहेको शेर बहादुर मगर, भैरव मगर, यम्बर बहादुर मगर, मनमाया मगर, पदम बहादुर मगर, दिप बहादुर मगर र धन माया मगर समेतको घर आगलागिबाट जली नष्ट भएको हो ।
.png)