Comments Add Comment

एमसीसीका नाममा भ्रम छर्न खोजीयो: सह-महामन्त्री आङ्देम्बे

पाँचथर- नेपाली काग्रेसका सह-महामन्त्री भिष्मराज आङ्देम्बेले एमसीसी जस्तो विकास परियोजनामा भ्रम छर्न खोजीएको आरोप लगाउनु भएको छ । सित्तैमा आएको अनुदान देश विकासको निम्ती भएको बताउदै उहाँले यो परियोजनाको नाममा कम्युनिष्टहरुले दोहोरो चरित्रका देखाउदा अन्तराष्ट्रिय सम्बन्ध बिग्रिएको बताउनुभयो । 


पाँचथरको तुम्बेवा गाउँपालिकामा नेपाली काङ्ग्रेसले आयोजना गरेको आमसभामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । एमसीसी परियोजना पास भए अमेरिकाबाट सेना आउने भन्दै कम्युनिष्टले झुटो प्रचार गरेर जनतालाई भ्रमित पारेको भन्दै कांग्रेसले यो परियोजनालाई पास गरेरै छाड्ने दावी गर्नुभयोे ।  


सोही कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री तारामान गुरुङले कम्युनिष्टहरुले आफ्नो बिचार र सिद्धान्त बिर्सदै गएको बताउनुभयो । उहाँले यस्तै चरित्रका कारण कम्युनिष्टको अस्तित्व संकटमा परेको भन्दै अब देशको ठुलो शक्ति कांग्रेस बन्ने दावी गर्नुभयो ।  


कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी सयौं कायकर्ता कांग्रेस पार्टीमा प्रवेश गरेका थिए । कार्यक्रममा प्रदेश सदस्य सुनमाया राई, जिल्ला सभापती रुपनारायण जबेगु, जिल्ला सचिव डिकेन्द्रकुमार तामाङ, धनकुटा जिल्ला सभापती दिनेश राई, तुम्बेवा गाउँपालिका अध्यक्ष होमनाथ थापा लगायतका पार्टी प्रतिनिधिहरुले आ-आफ्नो बिचार राखेका थिए । तुम्बेवा सभापती बाबुराम खड्काको अध्यक्षतामा सम्पन्न भएको आमसभा नेपाली कांग्रेस तुम्बेवा गाउकार्य समितिले आयोजना गरेको थियो ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ