Comments Add Comment

इसाई समाज कुम्मायकले मनायो क्रिसमस डे

रमेश थापा 
पाँचथर :पाँचथरको कुम्मायक गाउँपालिकाको इसाई समाजले क्रिसमसको जन्म उत्सव मनाएको छ । इसाई धर्मावलम्बीहरूको महान चाड ’क्रिसमस डे’ इसाई समाज कुम्मायकले न्यु लाइफ एपोेस्टलिक चर्चमा भब्य रुपमा मनाएको हो ।


समाजले क्रिसमस डे को अवसरमा गायन, नित्य र नाटक समेत प्रर्दशन गरेको थियो । कार्यक्रमका प्रमुख अथिति झापाको दमकका पास्टर हेमन्त सुब्बाले एसु क्रिसको बारेमा प्रबचन प्रस्तुत गरेका थिए । यदि तपाईं येशू ख्रीष्टमा विश्वास राख्नु हुन्छ भने तपाईंको पापको लागि क्षमा उपल्बध छ। येशू ख्रीष्टको नाउँमा क्षमा मागी, येशूको मृत्युमा विश्वास राख्नुभयो भने उहाँले तपाईंलाई क्षमा दिनु हुनेछ सुब्बाले भन्ननुभयो । 
कार्यक्रममा कुम्मायक गाउँपालिका अध्यक्ष वंमप्रसाद लावती, कुम्मायक १ का वडासदस्य अमर पौडेल र पास्टर सावल लावती लगायतको उपस्थीति रहेको थियो । जन्म उत्सव कार्यक्रम पास्टर इन्द्र बहादुर नेपाली अध्यक्षतामा सम्पन्न भएको इसाई समाज कुम्मायकका अध्यक्ष सन्तोष नेपालीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ