Comments Add Comment

वडाको भौतिक पूर्वाधार विकासमा सहयोग पुर्याउने २२ जना सम्मानित

कुमार खड्का

पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर २ माङ्जाबुङको सामाजिक तथा भौतिक बिकासमा सहयोग पुर्‍याउने नागरिकहरुलाइ सम्मान गरिएको छ।

कुम्मायक  गाउँपालिका वडा नम्बर २ को आयोजनामा जग्गादाता ९ जना, र अन्य १३ जनालाइ सम्मान गरिएको हो।

जग्गादाताहरुमा बालकृष्ण सेर्मा , सुरेन्द्र कुमार सेर्मा, मान बहादुर सेर्मा ,लोकेन्द्रबहादुर सेर्मा ,भिमन्त सेर्मा, लिम्बुवान सिङ सेर्मा, करिमाया नेम्बाङ सेर्मा, कुमार बस्नेत र खेमनाथ गर्ताैलालाई  सम्मान गरिएको वडा सचिब दिपक नेम्बाङले जानकारी दिनुभयो ।

जग्गादाता बालकृष्ण सेर्मा, मान बहादुर सेर्मा र सुरेन्द्र कुमार सेर्मा लगायतको शिलालेख राखी कुम्मायक गाउँपालिका अध्यक्ष बम प्रसाद लावतीले अनावरण गर्नु भएको छ ।

तस्तै भाषा साहित्य तथा पर्यटनमा सहयोग पुर्‍याउनुहुने जि.बि याक्थुङबा,महिला बिकासमा योगदान पुर्‍याउनु हुने श्रीकला सेर्मा, खानेपानी तथा सिचाई अन्तरगत लोक बहादुर निराैला, पशुपति भण्डारी,  टेक बहादुर सेर्मा, तारावीर कुँवरलाई सम्मान गरिएको छ । कृषि तर्फ कमल प्रसाद निराैला, पशु तर्फ  डिकेन्द्र कुमार सेर्मा, देवीलाल बस्नेत, सडक तथा यातायात  इसेनहाङ सेर्मा, स्वास्थ्य तथा शिक्षा गजेन्द्र सेर्मा, युवा तथा खेलकुद  सागर सेर्मा, ग्रामीण विधुतिकरण उर्जा तर्फ खिङसेमी सेर्मालाई पनि सम्मान गरिएको वडा अध्यक्ष बालकृष्ण  सेर्माले बताउनुभयो ।

कार्यक्रममा कुम्मायक गाउँपालिकाका अध्यक्ष बम प्रसाद लावती, उपाध्यक्ष महेन्द्र बहादुर खडका, कुम्मायक गाउँपालिका निवर्तमान अध्यक्ष जय बहादुर चेम्जोङ, कुम्मायक १ नम्बर वडा अध्यक्ष  देवेन्द्र कुमार लावती,  कुम्मायक गाउँपालिकाका इन्जिनियर महेन्द्र बास्कोटा, लगायतको उपस्तिथि रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ