Comments Add Comment

फाल्गुनन्दको  ६ नं. वडाद्वारा ६ सय २ घरधुरीलाई ड्रम र बाल्टी बितरण

रमेश थापा यासोक 
यासोक- पाँचथरको फाल्गुनन्द गाउँपालिका-६ नम्बर वडा कार्यालयले ड्रम र बाल्टी बितरण गरेको छ । सोमवार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडाबासीलाई ड्रम, बाल्टी र सावुन बितरण गरेको हो ।

 
वडाका ५१ दलित घरधुरीलाई जनही पाँच सय लिटरको ड्रम र साबुन बितरण गरेको छ । त्यस्तै अन्य ५ सय ५० घरधुरीलाई धारो सहितको बाल्टी र साबुन बितरण गरिएको वडा सचिव जय बहादुर तामाङले जानकारी दिनुभयो । 
वडाको चालु आर्थिक वर्ष २०७८-०७९ को ६ लाख बजेटबाट ड्रम, बाल्टी र साबुन खरिद गरी ६ सय २ घरधुरीलाई बितरण गरेको वडा अध्यक्ष नारायण प्रसाद आङ्देम्बेले बताउनुभयो । उहाँले खानेपानीको जोहो गर्न र कोरोना भाइरसबाट बच्न नियमित साबुन पानीले हात धुनुपर्छ भन्ने सन्देश प्रवाह गर्न ड्रम, साबुन र बाल्टी बितरण गरेको बताउनुभयो । 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ