Comments Add Comment

३३ केभी प्रसारण लाईनको विधुत सर्ट हुँदा पाँचथर मिक्लाजुङमा दुईवटा गाई मरे

युद्धबहादुर बोहोरा

पाँचथरः मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ सप्तमी बजार छेउ विधुत सर्टका कारण स्थानीय घनीमाया मगरको गोठमा बाँधेका दुईवटा गाई मरेका छन् ।

गोठ विधुतको पोलसंग जोडिएको र त्यसै पोलमा लाईन सर्ट हुँदा गाई मरेको इलाका प्रहरी कार्यालय रवि पाँचथरका प्रमुख कैलाश चौधरीले जानकारी दिए। पिडित गाई धनीको क्षतिपूर्तीका लागि आवश्यक प्रकृया अघि बढाइएको प्रहरी कार्यालयले जनाएको छ।

इलाम र पाँचथरको सिमाना महाभारतडाँडा हुँदै राँके-रवि-रक्सेसम्मको ३३ केभी प्रसारण लाईन एक हप्ता अगाडिदेखि चार्ज गर्ने क्रममा संचालन गरिएको थियो।

विधुत प्राविधिकरण विधुत वितरण शाखा,इलाम मार्फत  हाइटेन्सनको लाइन परीक्षण समयमा रहेकोले बढी खतरा हुने हुँदा यस क्षेत्र वा खण्ड अन्तर्गतका तार तथा पोल आसपासमा सतर्कता अपाउन समेत विधुतका कर्मचारीले जानकारी गराएका छन् । यस घटनालाई मध्यनजर गर्दै अन्य सम्पूर्ण ३३ केभी लाइनको नजिक तार मुनि र पोल छेउमा नजान अनुरोध गरिएको छ।

साथै पोलहरूमा करेन्ट सर्ट भएको देखिएमा वा भेटिएमा तुरून्त नजिकको प्रहरी प्रशासन,जनप्रतिनिधि  वा विधुत कर्मचारीलाई जानकारी गराउनु र सम्भावित घटनाबाट जोगिन अनुरोध गरिएको मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष सन्तोष कुमार शेर्माले बताए।

करेन्ट सुचारु हुनु अघि नै सडकको दुई तर्फ गाडिएका खम्बा ढल्ने र त्यसमा टाँगिएका तार भुइँमा लत्रन थालेपछि मर्मत गरेर सुचारु गरिए तापनि सडकको  नजिक दुरीमा ठड्याइएको खम्बा  स्तरोन्नति हुँदा अझै ढल्ने खतरा बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ