Comments Add Comment

पाँचथरको फाल्गुनन्दमा वडामै योजना सम्झौँता

दिपक दुलाल,पौष १७
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १, नवमीडाँडामा योजना सम्झौता शिविर तथा उपभोक्ता समितिको बैंक खाता खोल्ने कार्यक्रम आज सम्पन्न भएको छ ।


गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधीहरु वडाकार्यालय सम्म पुगेर स्थानिय नागरिकलाई बिना झन्झट सेवा प्रदान गर्ने उद्धेश्यले योजना सम्झौँता शिविर तथा बैंक खाता खोल्ने कार्यक्रम नवमीडाँडामा सम्पन्न गरिएको हो ।


शिविरमा नवमीडाँडामा गठन गरिएका विभिन्न उपभोक्ता समितिहरुले योजना सम्झौता गर्नुका साथै बैंक खाता पनि खोलेका थिए । कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बे, उपाध्यक्ष ठाकुर सिं नेम्बाङ, प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोक, योजना शाखा प्रमुख निर्मल अधिकारी लगायतको उपस्थिती रहेको थियो ।


यस्तै बैंक खाता खोल्नको लागि नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड राँके शाखा प्रमुख सञ्जय रेग्मी तथा बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । फाल्गुनन्द १,नवमीडाँडाका जननिर्वाचित प्रतिनिधीहरु तथा वडाका कर्मचारीहरुले उपभोक्ता समितिलाई योजना सम्झौता गर्न तथा बैंक खाता खोल्नको लागि सहजिकरण गरेका थिए ।
सम्पूर्ण वडामा पुगेर उक्त कार्यक्रम सञ्चालन गरिने र  यसअघि फाल्गुनन्द वडा नं.६ मेहेलबोटे र वडा नं.४ को कार्यालय बरडाँडा चिलिङदेनमा उक्त कार्यक्रम सम्पन्न भइसकेको फाल्गुनन्द गाउँपालिकाले जनाएको छ । 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ