Comments Add Comment

फ्रान्स गएका पाँचथरका युवा सम्पर्क बिहिन, खोजि गरिदिन आग्रह

मदन थापा

पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिका वडा नं. १ घर भई हाल फ्रान्सको लुबुर्जे भन्ने ठाउँमा बसोवास गर्दै आएका रविन श्रेष्ठ (किरण) सम्पर्क विहिन भएका छन्।

श्रेष्ठ गत १८ डिसेम्बर राति देखि आफ्ना साथीभाई, परिवार र रूम पार्टनर कसैसंग पनि सम्पर्कमा नआएपछी परिवारले एनआरएनए फ्रान्सको सहयोगमा खोजि कार्य गरिदिन आग्रह गरेको छ।

एनआरएन्ए फ्रान्सले आइतबार एक सूचना मार्फत रबिन श्रेष्ठको खोजि कार्यमा सहयोग गरिदिन सम्पूर्ण फ्रान्सबासी नेपाली समाजलाई अनुरोध गरेको छ।

२०५१ सालमा पाँचथरको कुम्मायकमा जन्मेका श्रेष्ठ बैदेशिक रोजगारीका क्रममा विगत ५५ महिना अगाडी देखि फ्रान्समा कामगर्दै आएका थिए ।विश्वकपको फाईनल खेल हेर्न रुम बाहिर निस्केका श्रेष्ठ हालसम्मपनि परिवार र साथीभाई कसैसंग सम्पर्कमा नरहेको बुबा राजकुमार श्रेष्ठले जानकारी गराए। सम्बन्धित सबै संस्था मार्फत खोजि कार्य जारी राखेको र खोजि कार्यमा सहयोग गरिदिन सम्बन्धित सबै संघ संस्था तथा नेपालीहरुमा परिवारले हार्दिक अपिल गरेको छ ।  

यता एनआरएनए फ्रान्स अध्यक्ष गीता खनाल थापाका अनुसार खोजिकार्यको लागि स्थानीय प्रहरीमा समेत जानकारी गराईसकेको जानकारी गराउनुभएको छ। तर श्रेष्ठ हालसम्मपनि सम्पर्कबिहिन रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ