Comments Add Comment

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

काठमाडौँ, १९ पुस 

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति टेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएको पाइएको छ।

विभागले रु छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ बराबरको बिगो र रु छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ सजायको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ