Comments Add Comment

प्राचीन सभ्यताको संरक्षण गर्न पाँचथरको कुम्मायकमा हात्तीको मूर्त्ति स्थापना !

पाँचथर: पछिल्लो समय कला संकृति र पहिचानको संरक्षण गर्न थालिएको छ । अधिकार सम्पन्न स्थानीयतहहरुले गाउँ घरमा रहेका कला संस्कृति र पहिचानको संरक्षण गर्न थालेका छन् । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा पनि बिभिन्न स्तम्ब निर्माण गरी प्राचिन सभ्यताको संरक्षण गर्न थालिएको छ । कुम्मायक—३, पाँचथर स्थित हात्तीपोखरीमा केही दिन अघि मात्रै हात्तिको मूर्त्ति राखिएको छ । पोखरीको मर्मतसम्बाहार गरी वडाले ८ फुट उचाई र १० फिट चौडाइको हात्तीको मूर्त्ति स्थापना गरेको हो । वडाको ४ लाख बजेटबाट उक्त मूर्त्ति निर्माण गरी पोखरीको बिचमा राखिएको छ ।

सन १९२५ सालमा उक्त पोखरीमा भरी पानी भएको र त्यही पोखरीको पानी खान र नुहाउँन हात्तीको बथान आउने र बास बस्ने गरेको जनविश्वास रहेको वडा अध्यक्ष रामप्रसाद गजुरेल बताउँनुभयो । उहाँ भन्नुहुन्छ् पहिला-पहिला मानिसको आवदी कम थियो । दिनभरी जंगलमा हात्तीहरु चरणमा निस्कने र बेलुका भएपछि पोखरीमा नुहाउँन आउने गर्थे । क्रमश मानिसहरुको आवदी बढ्दै गएपछि पोखरी मासिएको र हात्तीहरुलाई मानिसले लखेटेका कारण त्यहाँबाट हात्तिहरु पलायन भए । स्थानीयतहको स्थापना संगै वडाले मासिनै लागेको पोखरी संरक्षण गरी धार्मिक जनविश्वासको आधारमा पोखरीमा हात्तीको मूर्त्ति स्थापना गरेको वडा कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ