Comments Add Comment

बलात्कार आराेपमा एकजना पक्राउ

कञ्चनपुर, १२ असार । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपालिका-७ हल्दुखाल बस्ने ४६ वर्षीय हरक सिँह महरालाई प्रहरीले पक्राउ गरेको छ । 

खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेलामा ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट समेत गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ