२०७८ चैत्र ६
पाँचथर- नेपालगंज उपमहानगरपालिका-१२ कोरियनपुरस्थित होटल अन्जना एण्ड लजको कोठा नम्बर १०५ बाट संरक्षित वन्यजन्तु रेडपाण्डाको २ थान छाला सहित डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका-३ बस्ने ३६ वर्षीय हर्क बहादुर बिक लगायत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त लजमा संरक्षित वन्यजन्तुको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्लाष्टिकको थैलोमा लुकाई राखेको उक्त छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय काठमाण्डौले जानकारी गराएको छ ।
.png)