Comments Add Comment

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

२०७८ चैत्र ८ गते 

पाँचथर- जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले १ जना बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरीनगरा गाउँपालिका-१ का ३६ बर्षीय शम्सेर आलम रहेका छन् । आलमलाई  सम्मानित उच्च अदालत मोरङको २०७५ फाल्गुन २७ गते भएको बैंकिङ कसुर मुद्दा अन्तर्गत फैसला अनुसार ३ महिना कैद र ७१ लाख ९० हजार रुपैंया जरीवाना तोके पछि फरार रहेका थिए । आलमलाई पक्राउ गरी हिजो सम्मानित अदालतमा उपस्थित गराउदा जरिवाना बापतको रकम व्यहोर्न नसकि सम्मानित अदालतको आदेश अनुसार थुनामा राख्न झुम्का कारागार कार्यालय पठाईएको  जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ