Comments Add Comment

आजबाट कुम्मायकमा वाण्ज्यि बैङ्कको सेवा सुरु

कुमार खड्का

पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा राष्ट्रिय वाण्ज्यि बैङ्क यासोक शाखाले  सेवा सुरु गरेको छ ।  बैङ्कले  बिहिबार (आज) देखि आर्थिक कारोबार सहित सम्पुर्ण सेवा सुरु गरेको हो ।

बैङ्कले अहिले खाता खोल्ने एवम् आर्थिक कारोबार सहित मोबाईल बैङ्ककिङ, एसएमएस र ईन्टरनेट बैङ्ककिङको सुबिधा दिईरहेको छ । निकट भविष्यमा कर्जा सुबिधा, एटिएम, रेमिटेन्स, पेन्सन खाता, राज्वस्व कारोबारको सुबिधा उपलब्ध गराईने शाखाका प्रबन्ध निर्देशक मनोज थाम्सुहाङले जानकारी दिनुभयो । 

यस अघिनै बैङ्कले सेवा सुरु गर्ने भनिए पनि प्राबिधिक कारणले ढिलो भएको थाम्सुहाङले बताउनु भयो । बैङ्कमा आएर खाता खोलेर सेवा लिन पनि  सेवाग्राहिलाई उहाँले अनुरोध गर्नुभएको छ  ।


नागरिकलाई गाउँमै सहज रुपमा सेवा दिने उदेश्यले २०७५ साल जेष्ठ २१ गते घर भाडा सम्झौता गरेको बैङ्कले अहिले सम्म प्रति महिना २० हजारको दरले सेवा संचालन नगरी घर भाडा तिर्दै आएको थियो ।  

यस अघि कुम्मायक गाउँपालिकामा मेगा बैंक नेपाल लिमिटेड ( हालको नेपाल ईन्भेष्मेण्ट मेगा बैंक लि.) मात्रै भएकाले नागरिकको भीडभाड बढ्ने गरेको थियो । बाणिज्य बैङ्क शाखा यासोकले सेवा प्रभाह गरेपछि यहाँका नागरिकलाई सहज हुने भएको छ । 

गाउँपालिकामा २०३८ सालमा राष्ट्रिय बाणिज्य बैंक र २०४१ सालमा कृषि विकास बैंक स्थापना भएका थिए । दद्धकालको समयमा शुरक्षाको कारण देखाउँदै विस्थापीत भएका थिए ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ