Comments Add Comment

कुम्मायकमा सेर्माहरुको दोस्रो अन्तराष्ट्रिय महासम्मेलन  

यासोक-पाँचथरको कुम्मायक गाउँपालिका-२ माङजाबुङमा किरात याक्थुङ सेर्मा सङजुम्भोको चौथौ महाधिवेशन तथा दोस्रो अन्तराष्ट्रिय महासम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।
महासम्मेलनको उद्घाटन कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम आङसिमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ सावा पवित्रहाङमा लिङ्देनले सेर्मा वंशावली विमोचन, सेर्मा तुम्याङ प्रतिमा अनावरण, सेर्मा संग्राहलय शिलान्यास तथा माङहिम उद्घाटन समारोहमा दिप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।


सेर्मा संजुम्भोको महाधिबेसन कार्यक्रममा दुई वटा हेलिकप्टर चार्टर गरी धर्मगुरुको टोलिले सङजुम्भोको चौथौ महाधिवेशन तथा दोस्रो अन्तराष्ट्रिय महासम्मेलनको उद्धघाटन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अथिति आत्मानन्द लिङदेनले माङजाबुङ प्राकृतिक सुन्दरताले भरिपूण भएको भन्दै उहाँले धार्मिक सम्पदा र सस्कृतिको संरक्षण र सम्वर्दन गर्नु पर्नेमा जोड दिनुभयो । 
कार्यक्रमका विशेष अतिथिहरु नेकपा ऐमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री बसन्तकुमार नेम्बाङले सेर्माहरुले आफ्नो बंस र इतिहासको संरक्षण गर्न देखाएको तत्परर्ताको खुलेर प्रशंसा गर्नुभयो । उहाँले राष्ट्रिय राजनीतिमा जोसुकै पुगे पनि सेर्माहरुको धार्मिक सम्पदा र संग्राहलयसम्म पुग्ने सिडी निर्माण गरी संरक्षण गर्न जरुरी रहेको बताउनुभयो ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री भीष्मराज आङदेम्बे सेर्माले आफ्नो भाषा, कला र बंसावलीको संरक्षण गरेको भन्दै खुलेरै प्रशंसा गर्नुभयो । सोही अवसरमा  नेकपा माओवादीका अमरसिं थापा, राप्रपाका केन्द्रीय सदस्य तथा प्रवक्ता सगुनसुन्दर लावती, लगायत बिभिन्न राजनीतिकदलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सेर्मा सङजुम्भोको महाधिवेशनमा विभिन्न धार्मिक, शैक्षिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, साहित्यिक क्षेत्रमा योगदान पुर्याएका सेर्माहरुलाई सम्मान गरेको छ । सम्मेलन किरात याक्थुङ पापोहाङ सेर्मा सङ्जम्भोका अध्यक्ष जिबी याक्थुङबाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ