पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिका १ नम्बर वडा कार्यालयले वडाबासीलाई अदुवाको बिउ बितरण गरेको छ । गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा वडाले ५ सय ८० मन अदुवा २ सय किसानलाई बितरण गरेको वडा अध्यक्ष देबेन्द्रकुमार लावतीले जानकारी दिनुभयो ।
वडाको साविक ५, ६, ७ र ८ नं. टोलका नागरिकलाई व्यवसायीक बनाउने उदेश्यले जनही १ मन देखि ३० मनसम्म बिउ बितरण गरेको थियो । गाउँपालिकाको ७ लाख रुपैयाँ र किसानको २५ प्रतिशत गरी ९ लाख ५० हजार मुल्यको अदुवा किसानलाई बितरण गरिएको लावतीको भनाइ छ ।
गतबर्ष पनि वडाले किसानको अदुवा खरिद गरी ७५ प्रतिशत अनुदानमा बितरण गरेको थियो । यो वर्ष पनि तिनै किसानको अदुवा प्रति मन १६ सयले खरिद गरी अनुदानमा किसानलाई बिउ बितरण गरेको हो । अदुवाले मुल्य नपाउदा प्रति मन ८ सयले बिक्री गर्दै आएका किसान वडाले १६ सयले अदुवा खरिद गर्दा हर्सित समेत भएका छन ।
.png)