रमेश थापा यासोक
यासोक - पाँचथरको कुम्मायक गाउँपालिका पाँच वर्षपछि सिगारिएको छ । त्रिशाली पूजा एवंम मेलाको अवसरमा बजार बेहुली झै सिगारिएको हो । प्रत्येक तीन वर्षमा आग्दै आएको पूर्वको ठुलो मेलाको रुपमा परिचित त्रिशाली मेला पाँच वर्षपछि लाग्ने भएको हो । बैसाख २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने पूजा र मेलाको अन्तिम तयारी पूरा भएको कुम्मायक-१ का वडाअध्यक्ष तथा त्रिशाली पूजा र मेला मूल समारोह समिति अध्यक्ष देबेन्द्रकुमार लावती बताए ।

बजारको बिभिन्न स्थानमा गेठ, व्यानर र धोजा र पतकाहरुले बजारलाई सिगारिएको छ । त्यस्तै खानेपानीको सहज व्यवस्थापन र सवारी साधन पाकिङ स्थलहरुको व्यवस्थापन मिलाएको आयोजकले जनाएको छ । बजारको सरसफाई र सडक बत्तिले बजार उज्याले पारिएको छ । विद्युत प्राधिकरण पाँचथरले विद्युत सेवा बैशाख पाँच गतेसम्म नियमित गर्ने जनाएको छ ।
गाउँपालिकाको कुम्मायक-कुस्सायक धार्मिक स्थलको सरसफाई र व्यवस्थापन पूरा भएको छ । बैशाख २ गते शुक्रबार दुबै मन्दिरमा भक्तजनहरुको घुईचो लाग्ने भएकाले शुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालयका बरिष्ठ सई बुद्धि चोम्बाङले बताए । तीन दिनसम्म लाग्ने मेलाको शुरक्षाको लागि शसस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गरी सयौंको सख्यामा शुरक्षाकर्मी खटिने प्रहरीले जनाएको छ ।

कोभिड संक्रमणको कारण तीन वर्षमा लाग्ने मेला पाँच वर्षपछि हुन लागेको हो । पूजा र मेलाको लागि भारत, भूटान चीन सहित ३६ देशबाट पूजा-आजा गर्न भक्तजनहरु आउने गरेको अध्यक्ष लावतीको भनाइ छ । पूजा र मेला सञ्चालनको लागी डेढ करोड खर्च हुने र उक्ता श्रोत भेटी र दाताहरुको सहयोगबाट संङ्कलन गरिने आयोजकले जनाएको छ । कुम्मायक धार्मिक स्थलमा पूजा—आजा गर्ने र कुस्सायक धार्मिक स्थलमा बली सहितको पूजा-आजा गर्ने तयारी गरिएको छ । त्रिशाली मेला र पूजा सुरु भएसंगै बजारका होटल र गाउँमा अन्तरिक र बाह्य पर्यटकहरुको घुइचो बढेको छ ।
.png)