पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक कुस्सायक गोल्डकपमा आयोजक सयपत्री क्लब (रातो) ले भारतको एसटी ब्रोदर्श सिलगुडी माथि फराकिलो जित दर्ता गरेको छ । बिहिबार सम्पन्न खेलमा आयोजक टोली सयपत्री क्लब यासोकले सिलगुडीलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
यासोकको जित सँगै प्रतियोगिताको सेमिफाइनलको यात्रा तय गरेको छ । सेमिफाइनलको लागी यस अघिनै ३ टोली छनोट भइसकेका छन् । झापाली खेलाडीहरुको बाहुल्यता रहेको सयपत्रीको जर्सिमा किशोर गिरी, दिलेन लोक्ताम, बुद्ध चेम्जोङ, बिशाल राई लगायतका खेलाडीहरु मैदान उत्रेका थिए ।
यासोकको जितमा आषिश चापागाई एक्लैले ५ गोल गरे त्यसरीनै बुद्ध चेम्जोङ र विवेक पौड्याल १-१ गोल गरी आयोजक रातोले जम्मा ७ गोल गरेका थिए । खेल अवधि भर दवाबमा परेको एसटी ब्रोदर्श सिलगुडीले कुनै गोल गर्न सकेन । पाएका केहि अवसर गुुमाउँदा एसटी ब्रोदर्श सिलगुडी फराकिलो हार व्यहोरदै घर फर्कन बाध्य भयो ।
यासोकको लागी ५ गोल गरेका आषिश चापागाई खेलको म्यान अफ दि म्याच बन्दै नगद ५ हजार प्राप्त गरे । प्रतियोगिताको बिजेताल टोलीले नगद ३ लाख ३३ हजार ३३३ रुपैंयाँ प्राप्त गर्नेछ । उपबिजेता हुने टोलिले नगद १ लाख ६६ हजार ६६६ रुपैंयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल बैशाख ४ गते हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज ब्रर्दर्श युनाइटेड क्लब झापा र संगम एफसि सुनसरी बिच हुनेछ ।
.png)