पाँचथर-पाँचथरको तुम्बेवा गाउँपालिकामा जारी तुम्बेवा गाउँपालिका दोस्रो अध्यक्ष कप खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगितामा आज क्वाटरफाईनलका खेल हुदैँछन। तुम्बेवा गाउँपालिकाको केन्द्र मौवामा जारी प्रतियोगितामा पहिलो क्वाटरफाईनल खेल बिहान ८ बजे आयोजक तम्बेवा गाउँपालिका र बोधे फुटबल क्लब धनकुटा बिच खेल हुनेछ।
दोस्रो खेल मध्यान १२ बजे सि.सि डि.आई.सि धनकुटा र याक्थुङ फुटबल क्लब पाँचथर बिच खेल हुने आयोजक तुम्बेवा गाउँपालिकाले जनाएको छ। त्यस्तै ओखरबोटे युवा क्लब पाँचथर र फाक्चामारा फुटबल क्लब बिचको खेल दिउँसो २ बजे हुनेछ। र अध्यक्ष कप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाईनल खेल दिउँसो ४ बजे एम.एफ.सि मिक्लाजुङ पाँचथर र संजिबनी स्पोर्टिङ क्लब धनकुटा बिच खेल हुने आयोजक तुम्बेवा गाउँपालिकाले जनाएको छ।
आजको क्वाटरफाईनल जित्ने टिम सेमिफाईनल प्रबेश गर्ने छ। यस प्रतियोगिताको फाईनल खेल १० गते हुनेछ। यस प्रतियोगिताको बिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ। उपबिजेता टिमले १ लाख १ हजार १ सय ११ रुपैँया शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्काले जानकारी दिनुभयो।

.png)