Comments Add Comment

मूल्यवृद्धिविरुद्ध नेमकिपामा प्रदर्शन

भक्तपुर, २ चैत । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटको नेपाल क्रान्तिकारी किसान संघले मूल्यवृद्धिविरुद्ध प्रदर्शनमा उत्रिने भएकाे छ । 

रासायनिक मलमा गरिएको मूल्यवृद्धिविरुद्ध बिहीबार अपरान्ह काठमाडाैंमा प्रदर्शनमा उत्रिन लागेकाे हाे । 

काठमाडौंको सुन्धाराबाट निकालेकाे जुलुस रत्नपार्कमा पुगेर सभामा परिणत हुने जनाइएको छ ।

जुलुस सुन्धाराबाट न्युरोड, इन्द्रचोक, असन, भोटाहिटी, जमल हुँंदै रत्नपार्कमा पुगेर सभामा परिणत हुने पार्टीले जनाएको छ । सभामा पार्टी नेता तथा किसान नेताहरुबाट सम्वोधन हुने जनाइएको छ । 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ