पाँचथर–पॉचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक-कुस्सायक अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा संगम फुड्वल क्लब सुनसरी उपाधि नजिक पुगेको छ । शुक्रवार पृथ्वी मा.वि.को खेलमैदानमा भएको सेमिफाइनल खेलमा ब्रोर्दश युनाइटेड क्लव झापा बिरुद्ध १ गोलको कठिन जित निकाल्दै सुनसरी फाइनलमा पुगेको हो ।
ब्रोर्दश युनाइटेड क्लव झापा बिरुद्ध १—० को कठिन जित निकाल्दै सुनसरी उपाधि नजिक पुगेको हो । शुरुवाती समयमा बराबरी खेलेको दुबै टीमबाट कुनै गोल हुन सकेन । खेलको दोस्रो चरणमा सुनसरीको तर्फबाट खेलको १८ औं मिनेटमा आयुस तामाङले गरेको १ गोल नै निर्णाय गोल बन्न पुग्यो । दबावमा परेको झापाले पाएका अवसरलाई गुमाउदा घर फर्कन बाध्य भयो । खेलको म्यान अफ् दि म्याच सुनसरीका आयुस तामाङ घोषित भए । उनले नगद पॉच हजार हात पारे ।
प्रतियोगिताको बिजेता टोलीले नगद ३ लाख ३३ हजार ३३३ रुपैंयॉ प्राप्त गर्नेछ । उपबिजेताले नगद १ लाख ६६ हजार ६६६ रुपैंया प्राप्त गर्नेछ । शनिवार हुने सेमिफाइनल खेल आयोजक सयपत्री क्लव रातो र खेवाङ एफ्सि ताप्लेजुङ बीच हुने आयोजक सयपत्री क्लवका अध्यक्ष शिव लाओतीले जानकारी दिनुभयो ।

.png)