Comments Add Comment

ढिस्कोमा पुरिएर पूर्व शिक्षकको ज्यान गयो

रमेश थापा यासोक
यासोक- पाँचथरको फिदिम स्थित बुद्धमार्गमा ढिस्कोले पुरिएर स्थानीय पूर्व शिक्षक गोपालप्रसाद ढुङ्गानाको मृत्यु भएको छ । घर निर्माणको लागि चर पुर्ने क्रममा ढिस्कोले पुरिएर ६७ वर्षिय ढुङगानाको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।
ढुंगानालाई मदन पन्थाक परिवारले शिलान्यासका क्रममा पुजारीको रुपमा बोलाएको थियो । पहिरोले पुर्दा १० वर्षीया क्याट्रिना पन्थाक घाइते भएकी छन् । घाइतेलाई उपचारका लागि फिदिमस्थित समर्पित अस्पतालमा भर्ना गरिएको छ ।
 सोमबार बिहान ८ः३० बजे छिमेकी पन्थाकको घर सम्याइएको घडेरीमा घर निर्माणका लागि शिलान्यास गर्ने क्रममा अर्का छिमेकी लेखनाथ खतिवडाको सेप्टिक ट्यांकी फुटेर आएको पहिरोले ढुंगानालाई पुरेको थियो ।
६७ वर्षीय उनि सेवा निवृत्त शिक्षक हुन । फिदिमकै सुखवोध मा.वि. जोरसालका पूर्व प्रधानाध्यापक, एवं नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका पूर्व सभापति थिए । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ