यासोक -पाँचथरको कुम्मायक गाउँपालिकाका श्रष्टा सम्मानित भएका छन् । कुम्मायक गाउँपालिकाको आर्थिक सहयोगमा संकल्प ब्याण्ड यासोकले दश जना कलाकारहरुलाई सम्मान गरेको हो । तङ्सुङ तङ्नाम त्रिशाली पूजा तथा मेला- २०७९ को अवसरमा कुम्मायक गाउँपालिकाको सहयोग तथा संकल्प ब्याण्ड कुम्मायक-१ यासोक, पाँचथरको आयोजनामा श्रष्टा सम्मान तथा लाइभ कन्सर्ट कार्यक्रमको आयोजना गरी सोहि कार्यक्रम मार्फत प्रशंसा पत्र र नगद सहित श्रष्टाहरुलाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष सुर्य लावतीले बताए ।
सम्मानित हुनेमा गायक खड्ग बोहोरा, डान्सर महेन्द्र निरौला, गायक ब्रबिन सेर्मा, यादन सेर्मा रहेका छन् । त्यस्तै गगन प्रकाश लिम्बू, सन्तोष राई, हिमाली फेवदिन, तनम तान्छो लावती, चन्द्र सम्बाहाम्फे र सन्दिप नेपाली समेत रहेका छन् । कुम्मायक घर भई हाल गायन, नृत्य लगायतका क्षेत्रमा सकृय उनिहरुलाई एक कार्यक्रमका बीच सम्मान गरिएको कुम्मायक-१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए ।
गायन क्षेत्रबाट गाउँपालिकाको नाम र प्रतिष्ठालाई उच्च बनाउने काम गरेको भन्दै श्रष्टा सम्मान कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले जोड दिए । गाउँपालिकाले श्रष्टा सम्मानको लागि २ लाख ५० हजार रुपैयाँ रकम बिनियोजन गरेको थियो । सोही रकमबाट दश जना श्रष्टाहरुलाई सम्मान गरेको हो ।

.png)