रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकपको फाइनमा पाँचथर एफ.सि. पाँचथर प्रवेस गरेको छ। शुक्रवार पृथ्वी मा.वि.को खेलमैदानमा भएको दास्रो सेमिफाइनल खेलमा दमक ऐकेडेमी झापालाई २–१ को अन्तरले हराउदै पाँचथर फाइनल प्रवेस गरेको छ।
खेलको १५ औं मिनेटमा पाँचथरका निकेश श्रेष्ठले फ्रिकिकबाट सुरुवाती अग्रता बढाएका थिए। खेलको १९ औं मिनेटमा दमकका एकेडेमीका सन्तोष न्यौपाने गोल गरेसंगै खेल बराबरीमा रोकेका थिए। खेलको उत्तरार्धमको ६० औं मिनेटमा पाँचथरका डिफेन्डर अशोक खवासले हेर्ड मार्फत गोल गरे। अशोकले गरेको गोल नै निर्णायक भएपछि पाँचथर फाइनमा प्रवेश गरेको हो। खेलको म्यान अफ द म्याच पाँचथरका डिफेन्डर अशोक खवास घोषित हुदै नगद पाँच हजार र ट्रफि हात पारे। फ्यान अफ द म्याच भने कुम्मायक-४ की आरती सम्बाहाम्फे भएकी छिन् ।
यो संगै फाइनल प्रवेस गरेको पाँचथरले उपाधिको लागि रेड हर्स फुटवल क्लव इलामसंग भिड्ने भएको छ। शनिवार पृथ्वी मा.वि.को खेल मैदानमा हुने फाइनल खेल लागि पाँचथर एप्सी पाँचथर र रेड हर्स फुटवल क्लव इलाम भिड्ने भएका छन। प्रतियोगिताको बिजेताले टिमले नगद ३ लाख ५५ हजार ५ सय ५५ रुपैँया र उपबिजेता टिमले नगद १ लाख ७७ हजार ७ सय ७७ रुपैँया प्राप्त गर्ने अयोजक संस्थाका अध्यक्ष भिमनारेन लावतीले जनाए ।
.png)