Comments Add Comment

सिद्धेश्वरीका विद्यार्थीलाई बिदाइ

दिपक दुलाल
फाल्गुनन्द-पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १,स्थित सिद्धेश्वरी मा.वि.सुर्केनागीबाट यसवर्ष एस.ई.ई.परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाइ बिदाइ गरिएको छ । उक्त विद्यालयबाट यसवर्ष कक्षा १० उत्तिर्ण गरी एस.ई.ई. परीक्षामा सहभागी हुने २३ जना विद्यार्थीहरुलाई विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी विदाइ गरेको हो ।
कार्यक्रममा विदाइ हुने विद्यार्थीहरुलाइ फूलमाला र अविरजात्रा सहित मायाको चिनो विदाइ उपहार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु,शिक्षक अभिभावक संघका पदाधिकारीहरु जननिर्वाचित  प्रतिनिधीहरु,समाजसेवी,बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा विदाइ भएर जाने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमूख अतिथि फाल्गुनन्द १ का वडासदस्य गोपाल लुइटेल,समाजसेवी खगेन्द्र आङ्देम्बे,श्रीभक्त लुइँटेल लगायतले एस.ई.ई. परीक्षाको सफलताको शुभकामना दिनुभएको थियो । विदाइ कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द दुलालको अध्यक्षतामा  सम्पन्न भएको हाम्रा सहकर्मी दिपक दुलालले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ