पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिका-४ स्थीत सिद्ध मा.वि रानीगाउँका विद्यार्थीलाई छात्रबृति बितरण गरिएको छ । स्व.नर ब. सम्बाहाम्फे र धनमती सम्बाहाम्फे स्मृत अक्षयकोषको १० लाख रुपैयाँबाट छात्रवृति वितरण गरिएको हो । अक्षय कोषको व्याजदर ८४ हजार ८ सय रुपैयाँबाट उकृष्ठ अंक ल्याउने विद्यार्थी साथै विपन्न र जेहेन्दार छात्रा छात्रलाई छात्रवृति वितरण गरिएको छ ।
विद्यालयमा छात्रवृति प्रदान कार्यक्रमको आयोजना गरी नर्सरी देखि कक्षा १० सम्मका पहिलो, दोस्रो र तेस्रो हुने ३३ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको हो । प्रथम २ हजार २ सय, दोस्रो १ हजार ७ सय र तेस्रो हुनेलाई १ हजार ३ सय रुपैयाँ वितरण गरिएको विद्यालयका प्र.अ नरेन्द्र सम्बाहाम्फे जानकारी दिनुभयो ।
कार्यक्रममा २३ जना विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई पनि छात्रवृति प्रदान गरिएको छ । उनिहरुलाई जनही १२ सयका दरले २७ हजार ६ सय रुपैयाँ वितरण गरिएको थियो । गत वर्ष उकृष्ठ अंक ल्याउने र विपन्न विद्यार्थीलाई छात्रवुति प्रदान गर्न समाजसेवी सेर बहादुर सम्बाहाम्फेले अक्षय कोष स्थापना गर्नुभएको थियो ।
छात्रवृति वितरण कार्यक्रमको प्रमुख अथिति पूर्व मन्त्री तथा नेकपा ऐमाले केन्द्रिय सदस्य डम्बरसिं सम्बाहाम्फे, विषेस अथिति शिक्षा अधिकृत प्रदिपसिं तामाङ, नेकपा ऐमाले जिल्ला कमिटि सदस्य भीम सम्बाहाम्फे लगायतको उपस्थीति रहेको थियो ।
.png)