पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिका-१ का अग्नी पीडित ओम बहादुर बुढाथोकीलाई आर्थिक सहयोग गरिएको छ । दुबई देशमा श्रम गर्दै आएका युवाहरुले संकलन गरेको ४९ हजार ६ सय ५० रुपैयाँ पीडितलाई हस्तान्त्रण गरिएको स्थानीय समाजसेवी रमेश बुढाथोकीले जानकारी दिनुभयो । दुबई स्थीत पाथीभरा सोसाईटीका २४ जना युवाहरुले संकलन गरेको रकम पीडितलाई हस्तान्त्रण गरिएको बताएका छन् ।
आर्थिक सहयोग अर्घाखाँची, स्याङ्जा, गुल्मी, प्युठान, झापा र पाँचथर घर भई हाल दुबईमा कार्यरत युवाहरुले जुटाएका थिए । कुम्मायक गाउँपालिका घर भई दुबईमा कार्यरत गणेश बुढाथोकी र शेखर बोहोराले रकम संकलन अभियान सञ्चालन गरी पीडितलाई रकम हस्तान्त्रण गरिएको बुढाथोकीको भनाइ छ । यस अघि पनि पीडितलाई दक्षिण कोरियामा श्रम गर्दै आएका युवाहरुले आर्थिक सहयोग गरेका थिए । गत फागुन २६ गते आगलागीबाट बुढाथोकीको घर जलेर नष्ट हुदा लाखौंको क्षति भएको थियो ।
.png)