पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकामा नेपाली कांग्रेस वडा सभापति सहित ३६ जनाले सामुहिक राजिनामा दिएका छन । आज एक विज्ञप्ती सार्वजनिक गर्दै कुम्मायक १ का वडा सभापति लौन बहादुर तामाङ सहित ३६ जना कृयाशिल सदस्यहरुले सामुहिक राजिनामा दिएका हुन ।
.jpg)
स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन गर्नुपर्ने निर्देशन भएकोमा नेपाली कांग्रेस कुम्मायक गाउँपालिका वडा नं.१ को कार्यसमितिको बैशाख ६ गतेको निर्णय बमोजिम वडामा गठबन्धन गर्नु नपर्ने यदि गर्नै परे अन्य वडाहरुमा गर्ने भनी उमेद्वार छनोट भई पालिका कार्य समितिमा पठाइसकेको अवस्थामा गठबन्धनको नाममा केही व्यक्तिहरुले वडाको जनचाहाना विपरित अर्कै दलसंग गठबन्धन गरेको भन्दै राजिनामा बुझाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
(1).jpg)
.png)