Comments Add Comment

प्रदीप नेपाल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं, ८ माघ

नवनिर्वाचित सभामुख देवराज घिमिरेले र पुराना नेता प्रदीप नेपालबीच भेटवार्ता भएको छ ।

बिहीबार सभामुखमा चयन भएका घिमिरे आइतबार नेता नेपाललाई भेट्न उनको गोठाटारस्थित निवास पुगेका थिए ।

भेटमा एमाले सांसद सूर्य थापा पनि सहभागी थिए । नेपाल पार्टीका अग्रज नेता र सभामुखका नातेदार पनि भएकाले उनीहरूबीच भेटवार्ता भएको थापाले बताए । घिमिरे नाताले नेपालका भाञ्जा पर्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ