यासोक— नेकपा ऐमाल कुम्मायक गाउँपालिका अध्यक्षका उमेद्धवार भीम प्रसाद सम्बाहाम्फेले कृषि क्षेत्रबाटै समृद्ध कुम्मायक निर्माण गर्न सकिने बताउनु भएको छ । स्थानीय श्रोत र साधनको उच्चतम प्रयोगबाटै गाउँपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन सक्ने आधार रहेको बताउनु भएको हो ।
चुनावी सभालाई सम्बोधन गर्दै सम्बाहाम्फेले भन्नुभयो “कुम्मायक गाउँपालिका भित्र बाँझिएका जमिनलाई सिँचाहीको व्यवस्थापन गरी उत्पादनमा बृद्धि गछौ । बिडम्बना भन्नुपर्छ अदुवाले मुल्य नपाउँदा बारीमै कुहिने अवस्था छ । हामी निर्वाचित भए उत्पादनमा बृद्धि गरी बजारको व्यवस्थापनको जिम्मा लिन्छौ् उहाँले भन्नुभयो ।
सामुहिक कृषि कर्म र पशुपालनबाट रोजगारी र आयआर्जन गर्न सकिन्छ । उहाँ भन्नुहुन्छ् गाउँपालिकाको कुन-कुन क्षेत्रमा के उत्पादन हुन्छ । त्यसको निधान गरी कृषि कर्ममा किसानलाई प्रेरित गर्छौ । किसानले उत्पादन गरेका कृषि सामाग्रीको समर्थन मुल्य तोक्दै बजारको ग्यारेन्टी गर्ने सम्बाहाम्फेले प्रतिवद्धता छ ।
.png)