कुमार खड्का
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकामा रहेको सिरीजङगा ईङलिस बोर्डिक स्कुलको नवनिर्मित भवन उद्धघाटन गरिएको छ । विद्याकी देवी सरस्वती पूजाको अवसर पारेर आज स्कुलको भवन उद्धघाटन गरिएको हो ।
यस अघि गाउँपालिकाको पुरानो स्वास्थ्य चौकीको भवन भाडामा लिएर कक्षा संचालन गर्दै आएको स्कुलले अब भने आफ्नै भवनबाट पढाई संचालन गर्ने बोर्डिङका प्रिन्सिपल गहेन्द्र लाओतीले बताउनुभयो । ४ रोपनी जग्गा खरिद गरेर स्कुलले १३ कोठे १ तले भवन निर्माण गरेको छ । स्कुलले अहिले कक्षा ८ सम्म कक्षा संचालन गर्दे आएको छ ।
भवन उद्धघाटन कार्यक्रममा जननिर्वाचित प्रतिनिधि, बिभिन्न राजनितिक दलका प्रतिनिधि,संघ सस्थाका प्रतिनिधि, अन्य स्कुलका शिक्षकहरुको सहभागिता रहेको थियो । भवन उद्धघाटन कार्यक्रम सिरीजङगा ईङलिस बोर्डिक स्कुल संचालक समितिका अध्यक्ष तथा कुम्मायक १ का वडा अध्यक्ष देबेन्द्र कुमार लाओतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कुम्मायक गाउँपालिकामा हाल २ वटा निजि, ३७ ओेटा सामुदायिक बिद्यालय र १ क्याम्पस संचालनमा रहेका छन ।
.png)