Comments Add Comment

जनप्रतिनिधिको पाँच बर्षे कार्यकाल , खानेपानी मूख्य प्राथमिकतामा

यासोक— पाँचथरको यासोक स्याबरुम्बा र रानीगाउँ गरी तीन गाविसलाई २०६८ सालमा सरकारले सुख्खाक्षेत्र घोषणा गर्‍यो । खानेपानीको समस्या भोग्दै आएका तीन गाविसका नागरिकहरु धमाधम बसाई सरिरहेका थिए । यो क्रम बढ्दै जानथालेपछि सरकारले २०७३—०७४ सालमा ५२ करोडको लागतमा बृहत तमोर लिफ्ट खानेपानी योजना अघि बढायो । 
खानेपानीको हाहाकार मच्चिएकै समयमा स्थानीयतहको निर्वाचन मार्फत गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भए । त्यस्तो कठिन अवस्थामा निर्वाचित नजप्रतिनिधिको चुनौति थियो बढ्दै गइरहेको बसाइसराई रोख्नु र त्यस्का लागि खानेपानी उपायको खोजी गर्नु । एकातिर तमोर लिफ्ट खानेपानी योजना अघि बढ्दै थियो भने अर्को तर्फ तत्काल खानेपानीको बैकल्पिक व्यवस्थापन गर्नुे अवस्था थियो । 

पहिलो कार्यकालमा अन्य स्थानीय तहका जनप्रतिनिधिहरुले आफु चढ्ने सवारी साधन खरिद गर्ने होडबाजी चलाएका थिए । तर कुम्मायक गाउँपालिकाका जनप्रतिनिधिहरुले चालु आर्थिक वर्ष  २०७४/०७५ मा ४५ लाख मुल्यको पानी बोक्ने ट्याङकर सहितको दुई वटा ट्याक्टर खरिद गरे । व्यवसायीले प्रति लिटर २ देखि ३ रुपैयामा खानेपानी बिक्री गर्दै आएका थिए । तर गाउँपालिकाले खरिद गरेको ट्याक्टरले ६० पैसा प्रति लिटरका दरले खानेपानी पालिकावासीलाई बितरण गर्‍यो ।
आर्थिक २०७५/०७६ मा २४ लाख ४० हजारको १ सय ८० थान ३५ देखि ४५ हजार लिटर क्षमताका प्लाष्टिक पोखरी खरिद गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा पनि १३ लाख ५५ हजारमा १ सय ५ वटा प्लाष्टिक पोखरी खरिद गरि अनुदान मार्फत पालिकावासीलाई बितरण गरेको थियो । किसानले पानीको श्रोतलाई संरक्षण गर्न अनेक प्रयास गर्दै आएको समयमा गाउँपालिकाले पानीको जोहो गर्ने प्लाष्टिक पोखरी वर्षेनी बितरण गर्दै आएको थियो । 


सुख्खाक्षेत्रका यासोक, रानीगाउँ र स्याबरुम्बा गरी चार वडाका ३ हजार ४३ घरधुरी मध्ये २ हजार २ सय ५० घरधुर खानेपानीको प्रत्यक्ष मारमा परेका थिए । गाउँपालिकाको सहयोग र व्यक्तिगत लगानीमा पक्की र प्लाष्टिक पोखरी निर्माण गरी बर्षादको पानी संकलन गर्दै आएका किसानलाई पालिकाको समन्वयमा प्रदेश र केन्द्र सरकारले पनि सहयोग गरेको थियो ।

गाउँपालिकाको समन्वयमा प्रदेश सरकारले १ करोड ६० लाखमा पाँच स्थानमा डिप बोरिङ खानेपानी योजना सञ्चालनमा ल्याएको थियो । त्यसको व्यवस्थापनको जिम्मा पाएको गाउँपालिकाले २९ लाख रकम बिनियोजन गरी खानेपानी बितरण गरेको नि.वर्तमान पालिका अध्यक्ष जयबहादुर चेम्जोङ बताउनु हुन्छ । “हामीले जनतासंग जादै गर्दा खानेपानीको बैकल्पिक व्यवस्था गछौ्ं भनी भनेका थियौ । सोही अनुसार हामी निर्वाचित भयौं । हामी निर्वाचित भएको चालु आर्थिक वर्षदेखिनै पालिकाको नीति तथा कार्यायक्रम मार्फत खानेपानीलाई पहिलो प्राथमिकतामा राखेका हौं् चेम्जोङले भन्नुभयो ।

गाउँपालिकाले बैकल्पिक श्रोत व्यवस्थापनको लागि कुम्मायक —१ नम्बर वडामा वर्षादको पानी संकलन गर्ने पक्की पोखरी निर्माण, कुम्मायक—५ को तलाउमा पक्की पोखरी निर्माण र कुम्मायक—२ माङजाबुमा गरी तीन वटा नमुना पक्की पोखरी निर्माण गरेको छ । अहिले सो पोखरीमा वर्षादको पानी जम्मा गरी सिाचाहीको रुपमा प्रयोग गर्दै आएको नि.वर्तमान कुम्मायक १ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताउनुभयो । आर्थिक वर्ष २०७६—०७७ मा वडाको ४ लाख ५ हजारको बजेटबाट ५ सय लिटरका ९० वटा ड्रम बितरण गरेको समेत बताउनुभयो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ