Comments Add Comment

तमोर पंम्पिङ योजनामा भण्डारी र नेम्वाङको चासो

रमेश थापा
पाँचथर ः कुम्मायक गाउँपालिकाको तमोर पंम्पिङ खानेपानी योजनाको नेकपा एमाले प्रदेश कमिटि सचिव राजकुमार भण्डारी र माओवादी केन्द्र प्रदेश कमिटि अध्यक्ष हर्क बहादुर नेम्वाङ (मिक्सो)ले निरिक्षण गरेका छन । खानेपानी योजनामा प्राविधिक समस्या देखा परेपछि गत ६ गतेबाट खानेपानी योजना अवरुद्ध भएको थियो । 
आइतवार सचिव भण्डारी र अध्यक्ष नेम्वाङ दुबैले सयुक्त रुपमा योजनाको अनुगमन गरी योजना संचालनमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताए । अवरुद्ध भएको खानेपानी योजना पुनः संचालनमा ल्याउन उपभोक्ता समिति र कुम्मायक गाउँपालिकाले अनवरत रुपमा पहल गर्दै आएको छ । पानी पंम्प गर्ने इनारमा पानीको सहत घटेको भन्दै इनारको सहत गहिरो बनाउने काम गर्दै आएको समितिले केही दिनमै नियमित खानेपानी योजना संचालनमा ल्याउँने जनाएको छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ