रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकामा संचालित यासोक सुख्खाक्षेत्र तमोर पंम्पिङ खानेपानी योजना अवरुद्ध भएको छ। कुम्मायक-५ स्थित लुम्वुघाटको इनारका दुई वटा पंम्प जलेपछि खानेपानीको हाहाकार हुने भएको हो। तमोर नदिले धार परिवर्तन गरेपछि इनारमा पानीको सतह घटेको थियो। जस्का कारण पंम्पले बालुवा र पानी एकै साथ तानेपछि पंम्प जलेको हो।
पंम्प जलेपछि कुम्मायकको चार वडाका २२ सय घरधुरी मारमा परेका छन। ११ मिटर गहिरो इनारमा पानीको सतह डेढमिटर मात्रै भएपछि पंम्पमा क्षति पुगेको उपभोक्ता समितिका अध्यक्ष मेघराज निरौला बताए। अहिले खानेपानीको इनारमा देखिएको यो समस्या गम्भिर हो । निरौलाले भने् तत्काल समस्या समाधानको लागि पंम्प खरिद र छुट्टै इनार निर्माण गर्न संघीय खानेपानी ढल व्यवस्थापन आयोजना इलाम समक्ष माग गर्ने उनको भनाइ छ । उपभोक्ता समितिसंग आन्तरिक श्रोत नभएकाले तत्काल पंम्प खरिदको लागि संघीय खानेपानी कार्यालय इलामसंग माग गर्ने समितिका सचिव जकेन्द्र लावतीले बताए।
यता खानेपानीको तत्कालको समस्या हल गर्न कुम्मायक गाउँपालिका र उपभोक्ता समितिले स्थलगत अनुगमन गरेको छ । स्थलगत अनुगमन गरी इनार भित्रको बालुवा हटाउने र नदिको सतहलाई इनार तर्फ फर्काउन काम भइरहेको गाउँपालिकाका प्रवक्ता देबेन्द्रकुमार लावतीले बताए । खानेपानीमा देखिएको समस्या हल गर्न एक सातासम्म लाग्ने भएकाले सम्बन्धित कार्यालयमा यो विषयमा सहयोग माग्ने समितिको भनाइ छ।
अनुगमन टोलिमा गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का, कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावती, ४ का वडाअध्यक्ष फगेन्द्रकुमार सम्बाहाम्फे, ५ का वडाअध्यक्ष निर्मलराज घिमिरे र इलाका प्रहरी कार्यालय यासोकका बरिष्ट सई सन्तोष गौतम लगायतको टोलिले अनुगमन गरेको थियो।

.png)