Comments Add Comment

अटेरी ठेकेदार, पुरा गरेन प्रतिवद्धता, आक्रमक जनप्रतिनिधि 

रमेश थापा 
पाँचथर–पाँचथर र तेह्रथुमको लुबुघाटमा निर्माणधिन पक्की पुल ११ वषदेखि अलपत्र छ । ठेकेदार कम्पनीको लापरवाहीले लामो समयदेखि पुल अलपत्र परेको हो । पुल निर्माणमा ढिलासुस्ती गरेको प्रति आलोचना बढ्न थालेको छ । ठेकेदार कम्पनीले प्रतिवद्धता जनाए अनुसार काम नगरेपछि  तेह्रथुमको छथर गाउँपालिकाले आपति जनाएको छ । गाउँपालिका अध्यक्ष सन्तोष तिगेला सहितको जनप्रनिधिको टोलिले आइतबार पुलको निरिक्षण गरेको थियो । सो क्रममा जनप्रतिनिधिसंग गरेका प्रतिवद्धता पुरा नगरेको भन्दै जनप्रतिनिधिको टोलि आक्रमक बन्यो । 
ठेकेदार कम्पनीले जनप्रतिनिधि समक्ष योजनाको कार्य तालिका सार्वजनिक गर्ने, माघ १० मा उपकरण ल्याउने, प्रयाप्त जनशक्ति परिचालन गर्ने जस्ता प्रतिवद्धता जनाएको थियो । तर त्यसको १० दिन बित्न लाग्दा समेते पूरा नगरेको भन्दै उनिहरुले आपत्ति जनाएका छन् । “पालिकाबासीले प्रत्यक्ष उपभोग गर्ने पुल अलपत्र छ । अध्यक्ष तिगेलाले भने् “हामीलाई ठेकेदारले काम गर्छु भन्दै बिभिन्न प्रतिवद्धता जनाएको थियो । तर अहिलेसम्म प्रतिवद्धता अनुसार काम नगरेको प्रति हामी गम्भिर छौ। यो बिषयमा निरन्तर खबरदारी गछौँ ।


पुल निर्माणमा ठेकेदार कम्पनीले आवश्यक भन्दा कम जनशक्ती परिचालन गरेको छ । जस्ले  आगामी असार मसान्तसम्म योजनाको काम पूरा हुनेमा शंका व्यक्त गर्न थालिएको छ । पुल निर्माणको बिषयलाई लिएर छथर गाउँपालिका मात्रै होइन तेह्रथुमकै म्याङलुङ नगरपालिका र पाँचथरको कुम्मायक गाउँपालिकाले निरन्तर खबरदारी गर्दै आएको छ । तर ठेकेदार कम्पनीले टेरपुच्छर समेत लगाएको छैन । 
२०६९÷७० मा सडक डिभिजन कार्यालय धनकुटाले स्वच्छन्द निर्माण सेवा काठमाडौंलाई ठेक्का दिएको थियो । निर्माण कम्पनीले १ सय ६० मिटर लामो पुल मध्ये ९२ मिटर ढलान गर्दै आए पनि पुरा गरेको छैन ।  बांकी ५७ मिटर स्टिलको ट्रष्ट राख्ने काम सुरु नै गरेको छैन । यस्तो अवस्थामा जनप्रतिनिधिसंगै नागरिक तहबाटै बिरोधका स्वरहरु बढ्न थालेका छन । 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ