Comments Add Comment

बास्कोटाको पहलमा मिर्गाैला पीडितलाई एक लाख बढि सहयोग

यासोक—तेह्रथुमको फेदाप गाउँपालिका—२ ओयाक्जुङका मिर्गौला पीडितलाई एक लाख बढि सहयोग गरिएको छ । तेह्रथुम घरभई हाल इजरायलमा बसोवास गर्दै आउनु भएका समाजसेवी देब बास्कोटाको पहलमा दिवस लिम्बूलाई आर्थिक सहयोग गरिएको हो । लिम्बूलाई दुई चरण गरी १ लाख १२ हजार रकम सहयोग गरिएको हो । पहिलो चरणमा ५० हजार र देस्रो चरणमा ६२ रकम हस्तान्तरण गरिएको थियो । यो सहित पीडित परिवारलाई १ लाख १२ हजार सहयोग गरिएको बास्कोटाले बताउनुभयो । 
लिम्बूको उपचारमा आर्थिक अभाव देखिएपछि देश र विदेशबाट सहयोग रकम जुटेको हो । इजराइलबाट पठाएको रकम जिरिखिम्ती परोपकारको समन्वयममा पीडित परिवारलाई हस्तान्त्रण गरिएको थियो । सो क्रममा म्याङ्लुङ नगरपालिका—९ का अध्यक्ष राजेन्द्र  तामाङ, कि.या.चु. तेह्रथुम जिल्ला सचिब तेजमान कन्दवा, जिरिखिम्ती परोपकार केन्द्रका सचिब मित्र नेपाली लगायतले सहयोगी दाताहरुको प्रशंसा गर्नु भएको थियो । 
राहत रकम लिम्बूका बुवा बीर बहादुर लिम्बूलाई हस्तान्तण गरिएको बास्कोटाले जानकारी दिनुभयो । लिम्बूको उपचार बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा धरानमा हुदै आएको परिवार श्रोतले जनाएको छ । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ